हवाई कारबाहीमा तालिबानका गभर्नरसहित तीन स्थानीय नेता मारिए
सिन्ह्वाअफगानिस्तानको फराह प्रान्तमा भएको एक हवाई कारबाहीमा तालिबानका एक गभर्नरसहित उनकै स्थानीय नेता मारिएका छन् । अफगान रक्षा मन्त्रालयले आज(शनिबार) उक्त जानकारी दिएको छ ।
फराह प्रान्तका तालिबानका गभर्नर मुल्लाह अब्दुल बारीसँगै तालिबानका नै स्थानीय नेता मुल्लाह सद्दिक र मवलावीको पनि उक्त हवाई कारबाहीमा मृत्यु भएको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । तर यस विज्ञप्तिमा यस कारबाही अफगान बायुबल अथवा नेटोआवद्ध संयुक्त सेनाले गरेको सो विषयमा विस्तृत विवरण दिइएको छैन् ।
यस प्रान्त तालिबान लडाकू समूह र सुरक्षाबीच बारम्बार झपड हुदै आएको पाइन्छ । तालिबान लडाकू समूहले यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस