अमेरिकामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० को ज्यान गयो, २६ घाइते

काठमाडौं- अमेरिकाको टेक्सासमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ ।
एल पासो शहरमा भएको गोलीकाण्डमा अन्य २६ जना घाइते भएका छन् । बीबीसीका अनुसार टेक्सासका गभर्नर ग्रेग एबोटले राज्यको इतिहासमा यो घटना अहिलेसम्मकै भयानक मध्ये रहेको बताएका छन् । उनले घटना पुष्टि गर्दै हाल सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन्।
एल पासो शहरको सिएलो भिस्टा मल नजिकै रहेको वालमार्ट स्टोरमा गोली चलेको हो। यो क्षेत्र अमेरिका–मेक्सिको सीमा क्षेत्रको नजिकै पर्छ । अन्धाधुन्ध गोली चलाएको आरोपमा २१ वर्षका व्यक्ति पक्राउ गरेका छन् । उनी एक्लैले गोली चलाएको अनुमान छ । ती आरोपी व्यक्तिको नाम प्याट्रिक क्रुसियस रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनी डालास क्षेत्रका बासिन्दा रहेको बताइएको छ ।
स्थानीय समय अनुसार शनिबार बिहान १० बजे घटना भएको प्रहरीले जनाएका छन् । आरोपितलाई पक्राउ गर्नका लागि प्रहरी अधिकारीले गोली नचलाएको स्थानीय प्रहरी प्रवक्ता रोबर्ट गोमेजले बताएका छन् ।
एल पासो प्रहरी विभागले रगतको आवश्यकता परेकाले तत्काल रक्तदान गरिनु पर्ने अपिल गर्दै ट्वीट गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटना निकै दुःखद रहेको बताएका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस