काबुलमा शक्तिशाली आत्मघाती बम विष्फोट हुँदा सयाैँ घाइते

अफगानिस्तानको राजधानी काबुलमा बुधबार शक्तिशाली आत्मघाती बम विष्फोट हुँदा ९५ जना धेरै घाइते भएका छन् ।
काबुलमा रहेको प्रहरी चौकीलाई लक्षित गरी आत्मघाती कार बम विष्फोट गराइएको हो । शहरको पश्चिमी भागमा बिहानको व्यस्त समयमा बम विष्फोट भएपछि आकाशमा ठूलो धूवाँको मुस्लो देखिएको थियो ।
विष्फोटनमा घाइते हुनेमा महिला तथा बालबालिका गरी अधिकांश सर्वसाधारण रहेको अफगानिस्तानका सञ्चारमाध्यमले जनाएका छन् ।
आक्रमणको जिम्मा अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले लिएको छ । तालिबानले काबुलको भर्ती केन्द्रलाई लक्षित गरी बम विष्फोट गराएको र ठूलो धनजनको क्षति भएको दाबी गरिएको छ ।
तालिबानले मंगलबारमात्र आगामी सेप्टेम्बरमा हुन लागेको निर्वाचनमा सहभागी नहुने र निर्वाचन अभियानलाई लक्षित गरी आक्रमण गर्ने चेतावनी दिएको थियो ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस