काबुलमा शक्तिशाली आत्मघाती बम विष्फोट हुँदा सयाैँ घाइते
अफगानिस्तानको राजधानी काबुलमा बुधबार शक्तिशाली आत्मघाती बम विष्फोट हुँदा ९५ जना धेरै घाइते भएका छन् ।
काबुलमा रहेको प्रहरी चौकीलाई लक्षित गरी आत्मघाती कार बम विष्फोट गराइएको हो । शहरको पश्चिमी भागमा बिहानको व्यस्त समयमा बम विष्फोट भएपछि आकाशमा ठूलो धूवाँको मुस्लो देखिएको थियो ।
विष्फोटनमा घाइते हुनेमा महिला तथा बालबालिका गरी अधिकांश सर्वसाधारण रहेको अफगानिस्तानका सञ्चारमाध्यमले जनाएका छन् ।
आक्रमणको जिम्मा अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले लिएको छ । तालिबानले काबुलको भर्ती केन्द्रलाई लक्षित गरी बम विष्फोट गराएको र ठूलो धनजनको क्षति भएको दाबी गरिएको छ ।
तालिबानले मंगलबारमात्र आगामी सेप्टेम्बरमा हुन लागेको निर्वाचनमा सहभागी नहुने र निर्वाचन अभियानलाई लक्षित गरी आक्रमण गर्ने चेतावनी दिएको थियो ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस