एकै पोखरीमा ६ बालबालिकाको डुवेर ज्यान गयो
जेङजाओ र चीनको मध्य क्षेत्रमा रहेका प्रान्त हेनानको जेङजाओ भन्ने स्थानमा छ जना बालबालिकाको डुबेर ज्यान गएको छ । उनीहरुको शव पोखरीमा डुबेको अवस्थामा भेटिएको बिहीबार त्यहाँबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
बुधबार साँझ ती बालबालिका डुबेको अवस्थामा भेटिएको जनाइएको हो । उनीहरु पौडी खेल्ने क्रममा डुबेको हुनसक्ने अनुमान गरिएको छ ।
यतिखेर केही दिन यतादेखि चीनमा गर्मी बढेको कारण विद्यालय बन्द गरिएको छ । यही गर्मी र छुट्टीको समय पारेर विद्यार्थीहरु पौडी खेल्न स्थानीय खेला तथा पोखरीमा जाने गर्दछन् ।
यस कारण पनि यहाँका बालबालिकाको ज्यान जाने गरेको छ । स्थानीय नागरिकहरुले आफ्ना बालबालिकालाई स्थानीय खोला र पोखरीहरुमा पौडी खेल्न जान नदिन सूचना गर्ने गरेका भए पनि बालबालिका भने जाने गरेको र यस कारण उनीहरुको ज्यान जाने गरेको बताइन्छ ।
बुधबार रातिको दुर्घटनामा परी ज्यान गएका बालबालिका ५ देखि १२ वर्षको उमेरका छन् । उनीहरु तीन परिवारका थिए ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस