रकेट इन्जिन विस्फोटमा पाँच जना रुसी न्युक्लियर इन्जिनियरको मृत्यु
काठमाडौं । रुसमा रकेट इन्जिन विस्फोटमा पाँच जना रुसी न्युक्लियर इन्जिनियरको मृत्यु भएको छ ।
विस्फोटमा तीनजना इन्जिनियर घाइते भएका छन् । रुसको न्युक्लियर मिसाइलहरु बनाउने स्थानमा विस्फोट भएको हो ।
राजधानी मस्कोबाट ३ सय ७३ किलोमिटर टाढा रहेको सारोभ शहरमा भएको विस्फोटपछि रुसीको न्युक्लियर एजेन्सी रोसाटोमले इन्जिनियरहरुले ‘न्युक्लियर पावर इन्जिन’ परीक्षणका क्रममा विस्फोट भएको बताएका छन् ।
आर्कटिक समुद्री किनारमा न्युक्लियर पावर इन्जिन परीक्षण भइरहेको थियो । यसअघि उक्त स्थानमा रुसले शक्तिशाली न्युक्लियर क्रुज मिसाइल परीक्षण गरेको थियो ।
तर, अधिकारीहरुले विस्फोटमा भने कुन किसिमको प्रणाली राखिएको थियो भन्ने नखुलेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
रुस र पश्चिमी क्षेत्रका मिसाइल विज्ञहरुले भने उक्त परीक्षण जमिनबाट धेरै लामो दूरीमा मार हान्न सक्न मिसाइल भएको बताएका छन् ।
रुसी राष्ट्रपति भलाद्मीर पुटिनले सन् २०१८ मा यस मिसाइलका बारेमा रुसको संसदमा जानकारी गराएका थिए ।
नाटोले भने उक्त मिसाइल एसएससी(एक्स–९ स्काईफल भएको दाबी गरेको छ । (एजेन्सी)
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस