रकेट इन्जिन विस्फोटमा पाँच जना रुसी न्युक्लियर इन्जिनियरको मृत्यु

काठमाडौं । रुसमा रकेट इन्जिन विस्फोटमा पाँच जना रुसी न्युक्लियर इन्जिनियरको मृत्यु भएको छ ।
विस्फोटमा तीनजना इन्जिनियर घाइते भएका छन् । रुसको न्युक्लियर मिसाइलहरु बनाउने स्थानमा विस्फोट भएको हो ।
राजधानी मस्कोबाट ३ सय ७३ किलोमिटर टाढा रहेको सारोभ शहरमा भएको विस्फोटपछि रुसीको न्युक्लियर एजेन्सी रोसाटोमले इन्जिनियरहरुले ‘न्युक्लियर पावर इन्जिन’ परीक्षणका क्रममा विस्फोट भएको बताएका छन् ।
आर्कटिक समुद्री किनारमा न्युक्लियर पावर इन्जिन परीक्षण भइरहेको थियो । यसअघि उक्त स्थानमा रुसले शक्तिशाली न्युक्लियर क्रुज मिसाइल परीक्षण गरेको थियो ।
तर, अधिकारीहरुले विस्फोटमा भने कुन किसिमको प्रणाली राखिएको थियो भन्ने नखुलेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
रुस र पश्चिमी क्षेत्रका मिसाइल विज्ञहरुले भने उक्त परीक्षण जमिनबाट धेरै लामो दूरीमा मार हान्न सक्न मिसाइल भएको बताएका छन् ।
रुसी राष्ट्रपति भलाद्मीर पुटिनले सन् २०१८ मा यस मिसाइलका बारेमा रुसको संसदमा जानकारी गराएका थिए ।
नाटोले भने उक्त मिसाइल एसएससी(एक्स–९ स्काईफल भएको दाबी गरेको छ । (एजेन्सी)
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस