वैवाहिक समारोहमा आत्मघाती हमला,६३ को मृत्यु सयौँ घाईते

फगानिस्तानको राजधानी काबुलमा वैवाहिक समारोहलाई लक्षित गरी शनिवारराति आत्मघाती हमला हुँदा ६३ जनाको मृत्यु भएको छ ।
हमलामा परी १८० जना भन्दाबढी घाइते भएका छन् । हमलामा महिला तथा बालबालिका मारिएको अफगानिस्तानका आन्तरिक मन्त्रालयका प्रवक्ता नसरत रहीमीले बताएका छन् । उनका अनुसार यो वर्ष काबुलमा भएको सबैभन्दा भयानक आक्रमण हो । वैवाहिक हलमा पुरुषहरूको स्वागत क्षेत्रमा पश्चिमी काबुलको अल्पसंख्यक शियाको छेउछाउमा आत्मघाती विस्फोट भएको थियो ।
प्रत्यक्षदर्शीहरुले भनेका छन्, ‘शिया मुस्लिम समुदायका सदस्यहरूले विवाह समारोहमा आयोजना गरेका थिए ।’
अमेरिकाले अफगानिस्तानबाट आफ्नो सैनिक फिर्ता गर्नका लागि अफगान सरकार र तालिवानबीच शान्ति वार्ताको प्रयास गरिरहेको समयमा काबुलमा बिष्फोट भएको हो ।
घटनाको अहिलेसम्म कुनै पनि संगठनले जिम्मेवारी लिएको छैन । तालिवानले यस आक्रमणमा कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस