वैवाहिक समारोहमा आत्मघाती हमला,६३ को मृत्यु सयौँ घाईते
फगानिस्तानको राजधानी काबुलमा वैवाहिक समारोहलाई लक्षित गरी शनिवारराति आत्मघाती हमला हुँदा ६३ जनाको मृत्यु भएको छ ।
हमलामा परी १८० जना भन्दाबढी घाइते भएका छन् । हमलामा महिला तथा बालबालिका मारिएको अफगानिस्तानका आन्तरिक मन्त्रालयका प्रवक्ता नसरत रहीमीले बताएका छन् । उनका अनुसार यो वर्ष काबुलमा भएको सबैभन्दा भयानक आक्रमण हो । वैवाहिक हलमा पुरुषहरूको स्वागत क्षेत्रमा पश्चिमी काबुलको अल्पसंख्यक शियाको छेउछाउमा आत्मघाती विस्फोट भएको थियो ।
प्रत्यक्षदर्शीहरुले भनेका छन्, ‘शिया मुस्लिम समुदायका सदस्यहरूले विवाह समारोहमा आयोजना गरेका थिए ।’
अमेरिकाले अफगानिस्तानबाट आफ्नो सैनिक फिर्ता गर्नका लागि अफगान सरकार र तालिवानबीच शान्ति वार्ताको प्रयास गरिरहेको समयमा काबुलमा बिष्फोट भएको हो ।
घटनाको अहिलेसम्म कुनै पनि संगठनले जिम्मेवारी लिएको छैन । तालिवानले यस आक्रमणमा कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस