भारतका पूर्व केन्द्रीय वित्त मन्त्री पी चिदम्बरम पक्राउ
भारतका पूर्व केन्द्रीय वित्त मन्त्री पी चिदम्बरम पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धानमा रहेका चिदम्बरमलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।
कांग्रेस नेतासमेत रहेका चिदम्बरमले आफूले अग्रिम धरौटीमा छुट्न पाउनुपर्ने माग गरेपनि अदालतले उनको माग अस्वीकार गरेको थियो । त्यसलगत्तै चिदम्बरम फरार भएका थिए ।
चिदम्बरमलाइ पक्राउ गर्न सीबीआईको टोली बुधवार तीनपटक उनको घरमा पुगेपनि उनि भेटिएनन् । अनुसन्धानका क्रममा चिदम्बरमका छोरा कार्ति चिदम्बरमले हिनामिना गरेको अवैध रकमबाट बेलायतमा घर र स्पेनमा टेनिस क्लब किनेको खुलासा भएको थियो।
प्रहरीले खोजी तिब्र पारेपछि चिदम्बरमले साँझ अचानक कंग्रेसको पार्टी कार्यालय पुगेर आफूलाई भाजपा सरकारले फसाउन खोजेको भन्दै पत्रकार सम्मेलन गरेका थिए ।
पत्रकार सम्मेलनपछि घर फर्किएका उनलाई सीबीआईको टोली राति घरमै पुगेर बल प्रयोग गरी नियन्त्रणमा लिएको थियो । कंग्रेस नेता राहुल गान्धी र महासचिव प्रियकां गान्धीले सरकारले आफ्ना नेतामाथि अनुसन्धान थालेपछि विरोध जनाएका छन् ।क
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस