डुङ्गामा आगलागी हुँदा इन्डोनेसियामा ४ को ज्यान गयाे
इन्डोनेसियाको जाभा टापूमा २७७ यात्री लिएर गइरहेको एक डुङ्गामा आगलागी हुँदा ४ जनाको ज्यान गएको छ । डुंगामा आगलागी भएपछि समुद्रमा हामफाल्दा ३३ जना भन्दा बढी बेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् ।
शुक्रबार दुर्घटनाबारे जानकारी दिँदै इन्डोनेसियाको बन्दरगाह सुरक्षार्थ खटिएका अधिकारीले डुङ्गामा यात्रारत अन्यको सकुशल उद्धार गरिएको र सम्पर्कमा आउन नसकेका कम्तीमा ३३ जनाको खोजी जारी रहेको जनाइएको छ ।
इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबायाबाट बोर्नेओको बालिकपापनतर्फ गइरहेको डुङ्गामा एक्कासी आगलागी भएजस्तो कालो मुस्लो देखिएपछि यात्रीहरू आत्तिएर पानीमा हामफालेका थिए । सुराबायाको तान्जुसङ पेराक बन्दरगाहका प्रवक्ता स्याच्रुल नुग्रोहाले एएफपीलाई बताए । डुङ्गामा के कारण आगलागी हुनपुगेको थियो भन्ने बिषयमा अनुसन्धान जारी रहेको जनाइरहेको छ ।
करिब एक हजार ७०० टापूहरू भएको इन्डोनेससियामा यातायातका लागि डुङ्गाको प्रयोग सामान्य मानिन्छ । तर डुङ्गा सञ्चालकले आवश्यक सुरक्षा उपायको विकल्पलाई संवेदनशीलरूपमा नलिँदा बर्षेनी सयौँ मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस