अमेजन क्षेत्रमा विमान दुर्घटना,चार जनाको मृत्यु
इक्वेडरको अमेजन क्षेत्रमा एउटा सानो आकार केसन–१८२ जहाज दुर्घटना भएको छ ।
दुर्घटनाका क्रममा विमानमा सवार सबै चार जनाको मृत्यु भएको छ । त्यहाँको प्रशासनले शनिबार यसको जानकारी दिएको छ ।
नागरिक उड्यन प्राधिकरणका अनुसार जहाजमा एक पाइलट र तीन यात्रु सवार थिए ।
दुर्घटनाको कारण तत्काल थाहा नभएको भए पनि यसको लागि अनुसन्धान सुरु गरिएको छ ।
जहाज शुक्रबार मोरोना स्यान्टियागो र जमोरा चिनचिपेको सिमाना नजिक झरेको थियो ।
सैन्य अधिकारी र अन्य खोजकर्ताले शनिबार घण्टा लामो खोज अभियानपछि शव फेला पारेका थिए ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस