मेक्सिकोको एउटा बारमा भएको गोलावारीमा २३ को मृत्यु ,दर्जनाै घाइते
मेक्सिको । मेक्सिकोको पूर्वी क्षेत्रमा रहेको एउटा बारमा भएको घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ ।
अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार मङ्गलबार राति भएको सो घटनामा परेर अरु १३ जना सिकिस्त घाइते भएका छन् ।
घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको अधिकारीहरुको भनाइ छ । कोट्जाकोल्कोस शहरमा घटना भएको हो । “क्रुर व्यक्तिहरुले गोलावारी गरेर घटना भएको हो,” स्थानीय सरकारी अधिकारीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
घटनामा परी मृत्यु भएका र घाइते भएकाहरुका आफन्त घटनास्थलमा विक्षिप्त अवस्थामा भेटिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटना भएको बारमा काम गर्ने एक महिलाले आत्तिदै र चिच्याउँदै भन्दै थिइन्, “मेरो छोरो ठिक छ की छैन, उस्लाई केही भएको छ की छैन ?”
बारमै रहेका उनको छोरो पनि घाइते भएपछि अस्पताल लगिएको थियो । घाइतेहरुलाई उद्धार गर्न प्रहरीको ठूलो टोली आएको थियो ।
घटना भएको क्षेत्र देशमै अत्यधिक धेरै हिंसात्मक घटना हुने क्षेत्रका रुपमा चिनिने गरेको समाचारमा जनाइएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस