यसकारण चीनले हजारौं सेना हङकङ पठायो

चीन–हङकङमा पछिल्लो समय लोकतन्त्रवादी अभियानका क्रममा प्रदर्शन चर्काइएको छ । विवादास्पद सुपुर्दगी विधेयकको विरोधबाट शुरु भएको आन्दोल अधिक लोकतन्त्र, व्यक्तिगत स्वतन्त्रता तथा स्वायत्ततामा केन्द्रित भएर चर्किएको छ ।
चिनियाँ दबाबकाबीच पनि विगत १३ सातादेखि प्रदर्शन जारी राखिएको छ । प्रदर्शन जारी रहेकै बेला चीनले विहीबार मात्रै हजारौं सेना हङकङ पठाएको छ ।
हङकङको आन्दोलन हिंशातर्फ उन्मुख भएपछि बिहीबार चीनले हजारौं सेनालाई त्यसतर्फ पठाएको जनाएको छ।
पिपुल्स लिबरेसन आर्मीलाई उदृत गर्दै चिनीयाँ समाचार संस्था सिन्हवाले लेखेको छ, “चिनियाँ सेनाले हङकङमा ‘शान्ति र स्थायित्व’का लागि महत्वपूर्ण योगदान गर्नेछ । चीनले ‘योजनाबमोजिम’ नै सेना त्यसतर्फ पठाएको जनाएको छ । कुनै समय बेलायतको अधिनमा रहेको हङकङमा एसियन र पश्चिमी कूटनीतिज्ञहरुले पीएलएका पछिल्ला गतिविधिलाई नियालिरहेका छन् ।
रक्षा मन्त्रालयका प्रवक्ता रेन गुओसीङले हङकङका आन्दोलनकारीहरुले त्यहाँको कानुनको सम्मान गर्नुपर्ने र सेनाले त्यहाँको भूभागको रक्षाका लागि काम गर्ने बताएका छन् । पीएलएका लेफ्टिनेन्ट कर्नेल याङ जेङले भने, “हामीले यहाँ आउनुभन्दा पहिले अवस्थाको बारेमा अध्ययन गर्यौं । त्यसपछि हामीले यहाँको सुरक्षा व्यवस्थालाई कायम गर्नका लागि तालिम बढायौं ।”
अघिल्लो साता चीनले सीमा क्षेत्रमा सेना खटाएको भन्दै व्यापक बहस भएको थियो । चीनले हङकङमा सुरक्षा स्थिति खस्किएर संकट पैदा भइरहँदा आफू हेरेर नबस्ने चेतावनी दिएको थियो । हङकङमा प्रदर्शनकारीहरुले शनिबार बृहत र्याली निकाल्ने योजना बनाएका छन् ।
बेइजिङको मुख्य प्रतिनिधि कार्यालय रहेको हङकङको व्यापारिक केन्द्रमा नागरिक अधिकार मञ्चले र्याली आयोजना गर्ने जनाएको छ । तर, प्रहरीले भने उक्त क्षेत्रमा र्याली निकाल्न प्रतिबन्ध लगाएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस