• जीवनशैली | Jiwanshaili
  • क्यालिफोर्नियामा डुङ्गामा आगलागी, २५ को ज्यान गयो


    लस एन्जेलस– दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा सोमबार मध्यरात डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ ।  यस दुर्घटनामा अन्य नौ व्यक्ति बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । क्यालिफोर्नियाको तटीय क्षेत्रमा उक्त दुर्घटना भएको हो ।

    बेपत्ता व्यक्तिहरुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार सोमबार बिहान ३ः१५ बजे सो दुर्घटना भएको तटीय गार्डका क्याप्टेन मोनिका रोचेस्टरले बताएका छन् । 
    सो  डुङ्गामा ३९ व्यक्ति सवार रहेका पनि मोनिकाले बताएका छन्  । सो दुर्घटनाबाट पाँच जनालाई भने जीवितै उद्धार गरिएको छ ।–सिन्ह्वा/photo: Los-Angels-Times


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार