आफ्नै घरमा पालेकाे कुखुराको भालेले आक्रमण गर्दा एक वृद्धाको मृत्यु
दक्षिण अस्ट्रेलियामा आफ्नै घरमा पालेकाे कुखुराको भालेले आक्रमण गर्दा एक वृद्धा महिलाको मृत्यु भएको छ ।
डेली मेलको अनुसार आफ्नै घर पछाडि ती महिलाले सानो खोरमा कुखुरा पालन गरेकी थिइन्। महिला कुखुराको अन्डा संकलन गर्नको लागि खोर गएकाे बेला त्यहाँ भएको भालेले महिलालाई अन्धाधुन्ध आक्रमण गरेको हो ।
भालेको आक्रमणबाट वृद्धाको शरीरबाट अत्याधिक रगत बगेपछि उनको निधन भएको प्रहरीले जनाएका छन्। यद्यपि मृत्यु हुने महिलाको नाम र उमेर भने उनको परिवारलाई थप आघात हुने भन्दै खुलाइएको छैन ।
कुखुराहरु प्राय अहिंस्रक मानिन्छन् । भालेचाँही कहिलेकाँही आक्रमक हुने गर्दछ। प्रहरीले यस घटना अनौठो भएको बताएको छ।
एडिलेड युनिभर्सिटीका फोरेंसिक विज्ञ प्रोफेसर रोजर ब्यायार्डले यस्ताे घटना एकदम कमै पाइने बताइन् ।
जनावरको कारण हुने मृत्युबारे प्रोफेसर ब्यायार्डले अनुसन्धान गरिरहेकाे बताइएकाे छ । उनको अध्ययनले डाक्टरलाई पोस्टमार्टम गर्न सहयोग पुर्याउने र लुकेका खतराहरू सम्बन्धी मानिसहरूलाई चेतावनी दिने आपेक्ष गरिएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस