अमेरिका द्वारा तालिबान सँगको शान्ति सम्झौता रद्द, सैनिक मारिएको प्रति ट्रम्प बने आक्रोशित
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानको तालिबान समूहसँगको शान्ति सम्झौता रद्द भएको दावी गरेका छन् । केही दिन अघि भएको काबुल आक्रमणमा अमेरिकी सैनिकको समेत हत्या भएपछि राष्ट्रपति ट्रम्पले सम्झौता रद्द गर्ने बताएका हुन् ।
अमेरिकाको तर्फबाट वार्ता गरेका जल्मा खलीलदजादले सोमबार तालिवानसँग “सैद्धान्तिक“ रुपमा शान्ति सम्झौताको घोषणा गरेका थिए । प्रस्तावित सम्झौताको एक हिस्साका रूपमा अमेरिकाले २० हप्ताभित्र अफगानिस्तानबाट ५ हजार चार सय सेना फिर्ता लिने छ ।
यद्यपि खलीलजादले भने अन्तिम स्वीकृति अझै पनि ट्रम्पसँगै भएको बताएका छन् । हाल अमेरिकाको लगभग १४ हजार सेना अफगानिस्तानमा छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस