अमेरिकामा चर्चलाई गुम्बा बनाएर बुद्धको मूर्ति राखिँदै
नेपाली मूर्तिकारले बनाएको १८ फिट अग्लो बुद्धको मूर्ति अमेरिकास्थित एक गुम्बामा राखिने भएको छ। सानफ्रान्स्किोमा रहेको चर्चलाई गुम्बा बनाएर त्यहाँउक्त बुद्धको मूर्ति राख्न लागिएको हो।
पाटन औद्योगिक क्षेत्रभित्र रहेको शाक्य ह्यान्डिक्राफ्टमा मूर्तिकार वीरेन्द्र अवालेको समूहले उक्त मूर्ति तयार गरेको हो। उक्त समूहमा कलाकार गणेश प्रजापति, रामकृष्ण महर्जन र राजु महर्जन छन्।
उक्त मूर्तिलाई सोमबार जहाजबाट लगिनेछ। तामाको उक्त मूर्ति बनाउन दुई वर्ष लागेको मूर्तिकार वीरेन्द्रले बताउनुभयो। उक्त मूर्ति हेर्न पुगेका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपाली कला र कलाकारको प्रसिद्धिलाई यो कामले थप उचाइ दिएको बताउनुभयो।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस