श्रीमतीको फोटो अनलाइनमा हाल्ने श्रीमानविरुद्ध मुद्दा दर्ता
श्रीमतीको फोटो अनलाइनमा हाल्ने श्रीमानविरुद्ध मुद्दा दर्ता गरिएको छ । सम्बन्धविच्छेदको मुद्दा अघि बढिरहेका बेला श्रीमतीको अनुमती बिना श्रीमानले इन्टरनेटमा फोटो हालेपछि उनीविरुद्ध शनिबार मुद्दा दर्ता भएको हो ।
पुलिसका अनुसार भारतको फारुखनगरमा बस्ने ३० वर्षीया महिलाले १२ वर्ष अघि आरोपीसँग विवाह गरेकी थिइन् ।
पुलिसलाई दिएको उजुरीमा महिलाले उक्त तस्बिर बेइज्जत गर्नका लागि इन्टरनेटमा राखिएको दाबी गरिन् ।
नाम नखुलाउने शर्तमा अनुसन्धानमा संलग्न एक पुलिस अधिकारीले भने, ‘आरोपीले सोसल मिडिया प्लेटफर्ममा फोटो अपलोड गरेका हुन् । पीडितले बताए अनुसार उनको फोटो अरु कोही व्यक्तिको प्रोफाइलबाट अपलोड गरिएको हो । आरोपीले आफ्नो बेइज्जत गर्ने उद्देश्यसहित यस्तो गरेको उनले दाबी गरिन् ।’
पुलिसका अनुसार ती महिलाले सुरुमा साइबर क्राइम पुलिसलाई यसबारे जानकारी दिएकी थिइन् । उनको गुनासो पुष्टिपछि महिला पुलिस स्टेशनमा फरवर्ड गरिएको पुलिसले जानकारी दिए ।
महिला पुलिस स्टेशनकी स्टेशन आवर अफिसर कविताले भनिन्, ‘आरोपीलाई पक्राउ गर्न बाँकी नै छ । उक्त उजुरी साइबर क्राइम पुलिस स्टेशनबाट पाइएको हो । हामी पीडितको नीजि फोटो कसले अपलोड गर्यो र यसको उद्देश्य के थियो भनेर अनुसन्धान भइरहेको छ ।’
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस