इराकको धार्मिकस्थलमा भागदौड मच्चिँदा ३१ को मृत्यु

इराकी शहर कार्बालामा मङ्गलबार सिया मुसलमानहरूको प्रार्थनास्थलमा एक्कासी भागदौड मच्चिँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।
घटनामा भागदौडका क्रममा कम्तीमा १०० जना घाइते भएका छन् । “सिया समुदायको पवित्र पर्व असुरालाई मनाउन इराकको राजधानी बग्दादबाट करिब १०० किलोमिटरमा रहेको धार्मिकस्थलमा भेला भएका समय एक्कासी भएको भागदौडका कारण ३१ जनाको मृत्यु भएको छ भने कम्तीमा १०० जना घाइते भएका प्रारम्भिक जानकारी आएको छ,” इराकी प्रहरीलाई उद्धृत गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैयफ अल–बादरले बताए ।
घटनास्थलबाट केही धर्माबलम्वीहरूलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल पठाइएको प्रहरीले बताएको जनाउँदै घटनामा मृत्यु हुनेको सङ्ख्या केही बढ्नसक्ने बताए ।
कार्बालामा रहेको सिया मुसलमानको उक्त पवित्रस्थलमा हरेक बर्ष कसुरा पर्वका दिन आराधनाका लागि लाखौँ धर्माबलम्वी पुग्ने गर्छन् । कसुरा पैगम्बर मोहम्मदका नाती हुसैनको मृत्युको सम्झनामा गरिने प्रार्थनासभा हो ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस