ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन बर्खास्त
एजेन्सी(अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई एक्क्कासि हटाएका छन् । ट्रम्पले मंगलबार ट्वीट गरी राष्ट्रिय सुरक्षा सल्लाहकारलाई बर्खास्त गरिएको जानकारी दिएका हुन् । राष्ट्रपति ट्रम्प बोल्टनका धेरै सुझावसँग असहमत थिए।
राष्ट्रपति ट्रम्पले जोन बोल्टनलाई ट्वीट गरेर भनेका छन्, ह्वाइट हाउसलाई अब तपाईंलाई आवश्यक पर्दैन। मैले गत रात जोन बोल्टनलाई सूचित गरेंको थिए कि ह्वाइट हाउसमा उनको सेवाको आवश्यक छैन। म उनको धेरै सुझावसंग असहमत छु ।

अर्को पोष्टमा उनले भनेका छन्, मैले जोनलाई राजीनामा मागेँ जुन आज बिहान मलाई दिइयो। म जोनलाई उनको सेवाको लागि धेरै धेरै धन्यवाद दिन्छु। म अर्को हप्ता नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकारको नाम घोषणा गर्ने छु।
यसैबीच, जोन बोल्टनले पनि यस विषयमा ट्वीट गरेका छन्। उनले भनेका छन्, मैले राष्ट्रपति ट्रम्पलाई गत रात राजीनामा गरेको थिएँ, तर ट्रम्पले भने कि भोली यसका बारे कुरा गरौं।तर उनीसँग कुरा गर्नुको साटो ट्रम्पले उनलाई सेवाबाटै हटाइदिएका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस