पाकिस्तानमा दूधको भाउ पेट्रोल र डिजेलभन्दा पनि महँगो
पछिल्लो साता नेपालमा दूधमा प्रतिलिटर ६ रुपैयाँ बढ्यो । दक्षिण एसियामा यो एउटा महँगीको उदाहरण मात्र हो । सार्क क्षेत्रमा दैनिक अत्यावश्यक सामग्रीको मूल्य आकासिँदो छ । पाकिस्तानको विभिन्न प्रान्तबाट दैनिक उपभोग्य सामग्रीको मूल्य सम्बन्धमा एउटा गजबको सामाचार आइरहेको छ । त्यो हो, दूधको भाउ पेट्रोल र डिजेलभन्दा पनि महँगो । पाकिस्तानी एजेन्सीका अनुसार अहिले पाकिस्तानका मुख्य सहर कराँची, इस्लामावाद, पेसावर र रावलपिन्डीमा दूध प्रतिलिटर एक सय ४० रुपैयाँ छ ।
डिजेल प्रतिलिटर ९३ रुपैयाँ
नेपाली रुपैयाँमा परिवर्तन गर्दा पाकिस्तानीले एक सय ८२ रुपैयाँ प्रतिलिटर दूधमा खर्चिरहेका छन् । सिन्ध प्रान्तमा एक लिटर पेट्रोलको मूल्य एक सय १३ रुपैयाँ छ । इस्लामावादमा डिजेल प्रतिलिटर ९३ रुपैयाँमा बेचबिखन भइरहेको छ । पछिल्लो सर्वेक्षणअनुसार पाकिस्तानमा डिजेल नै सबैभन्दा सस्तो छ । यता विभिन्न सहरमा मागअनुसार दूध प्रतिलिटर एक सय २० देखि एक सय ४० रुपैयाँसम्ममा बिक्री भएको पाइएको पिटिआईले जनाएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस