साउदीको तेल प्रशोधन केन्द्रमा आगलागी

काठमाडौं । शनिबार बिहान सबेरै साउदी अरबका दुई मुख्य तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणको कारण आगलागी भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।
साउदी अरबको राजधानी रियादबाट करिब ३ सय ३० किलोमिटर उत्तरपूर्वमा पर्ने बुक्याब र खुराइजमा रहेका विशाल तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणपछि आगलागी भएको छ ।
सरकारी समाचारमाध्यमहरूका अनुसार ती दुवै आगलागी नियन्त्रणमा आइसकेका छन् । यस आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । तर विगतमा भएका यस्ता आक्रमणका लागि इरान निकट यमनका विद्रोही हुथी समूहमाथि आरोप लगाउने गरेको थियो ।
स्थानीय समयानुसार बिहान ४ बजे सुरक्षा टोलीहरूले दुई तेल स्थलहरूमा ड्रोनका कारण शुरू भएको आगो निभाउने प्रयास शुरू गरेका सरकारी साउदी प्रेस एजेन्सीले जनाएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस