बेलायतमा सुनको ट्वाइलेट चोरी
नाइटेड किंगडमको सबैभन्दा ठूलो प्यालेस ब्लेनहीम प्यालेसमा सुनबाट बनेको ट्वाइलेटको सिट चोरी भएको छ ।
बेलायतका पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिल जन्मिएको घरमा १८ क्यारेटको सुनको कमोड राखिएको थियो । उक्त ट्वाइलेट शनिबार बिहान ५ बजे चोरी भएको हो । चर्चिल सन् १९४० देखि १९४५ सम्म ब्रिटिसका प्रधानमन्त्री रहेका थिए ।
उक्त ट्वाइलेट इटालियन कलाकार माउरिजिओ क्याटलानले प्रदर्शनीका लागि राखेका थिए । जुन यही बिहीबार सर्वसाधारणका लागि खुला गराइएको थियो ।
घटनापछि ६६ वर्षीय एक पुरुष चोरसँग साँठगाँठ भएको भन्दै पक्राउ परेका छन् । उक्त ट्वाइलेट ब्लेन्हेम प्यालेसभित्र विन्स्टन चर्चिल जन्मिएको कोठाको अर्कोपट्टीको कोठाभित्र राखिएको थियो
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस