मेक्सिकोमा टुक्राटुक्रा पारेर ४४ वटा शव इनारमा पुरियो
मेक्सिकोको खालिस्को प्रान्तमा टुक्राटुक्रा पारेर इनारमा पुरिएका ४४ वटा शवको पहिचान मेक्सिकोका विधिविज्ञानविज्ञहरूले खालिस्को प्रान्तमा एउटा इनारमा पुरिएका ४४ वटा शवको पहिचान भएको बताएका छन्।ग्वादलहार नगरबाहिर ११९ वटा काला झोलामा हालेर पुरिएको अवस्थामा मानव अवशेष भेटिएको थियो।स्थानीय बासिन्दाले सो स्थानबाट दुर्गन्ध आएको गुनासो गरेपछि त्यहाँ मानव अवशेष पुरिएको थाहा भएको थियो।खालिस्को प्रान्तमा लागुपदार्थको कारोबार गर्ने आपराधिक समूहहरू सक्रिय छन्। यो वर्ष यसअघि पनि त्यस्ता शव पुरिएको अवस्थामा फेला परेका थिए।अधिकांश शवहरूलाई टुक्राटुक्रा पारेर काटिएको थियो। शव पहिचान गर्न ती टुक्राहरूलाई जोड्नुपरेको थियो।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस