भारतसँग युद्ध हुनसक्ने पाकिस्तानको संकेत, अन्तिमसम्म लड्ने अठोट
काठमाडौं – पाकिस्तानी प्रधानमन्त्री इमरान खानले छिमेकी भारतसँग युद्ध हुन सक्ने संकेत गरेका छन्। अलजजिरा टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री खानले दुई आणविक शक्ति राष्ट्रबीच युद्धको सम्भावना रहेको औल्याएका हुन्। उनले परम्परागत हतियारको युद्धपछि आणविक युद्ध हुने र त्यस्तो युद्धमा पाकिस्तानले हार्ने अवस्था आए पनि आफूहरूले आत्मसमर्पण नगर्ने बरू अन्तिम श्वाससम्म लड्ने बताए।
भारतले जम्मु कस्मिरलाई विषेशधिकार दिने संविधानको धारा ३७० फिर्ता गरेपछि भारत र पाकिस्तानबीच तनाव बढेको छ। खानले डेढ महिनादेखि कस्मिरका ८० लाख मुस्लिमलाई भारतले गुमराहमा राखेको बताए।
भारतले यो मुद्दाबाट ध्यान मोड्न पाकिस्तानलाई आतंकवाद फैलाएको आरोप लगाउने गरेको खानको तर्क छ। गत अगस्ट ५ मा भारतले कस्मिरलाई विशेष अधिकार दिने संविधानको धारा खारेज गरेको थियो।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस