राडारमा समस्या देखिएपछि विमान एक्कासी अवतरण,भारतीय राष्ट्रपति बाँच्न सफल

एजेन्सी-भारतीय राष्ट्रपति रामनाथ कोविन्द चढेको विमान निकै ठूलोे दुर्घटनाबाट जोगिएको छ । युरोपियन मुलुकहरुको भ्रमणमा रहेका राष्ट्रपति कोविन्द चढ्दै आएको एयर इन्डियाको विमानमा एक्कासि राडार फल्टको समस्या देखिएसँगै विमान अवतरण गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । विमानमा समस्या देखिएको बेला राष्ट्रपति कोविन्द स्विट्जरल्यान्डको ज्युरिख जाने क्रममा रहेका थिए । तत्कालका लागि ३ घण्टा उडान भर्न सक्षम भएपनि विमानमा एक्कासि समस्या देखिएको थियो । राडार फल्टलाई उडान जगतमा निकै खतरनाक समस्याका रुपमा लिने गरिन्छ ।
अहिलेसम्म भएका दुनियाँका ठुला ठुला विमान दुर्घटनामा यही समस्या बढी देखिने गरेको छ । भारतीय राष्ट्रपति कोविन्द सोही विमानमार्फत युरोपका आइसल्यान्ड, स्वीट्जरल्यान्ड र स्लोवेनियाको भ्रमणमा निस्किएका थिए । यात्राकै क्रममा विमानमा निकै गम्भीर खराबी देखिए पनि कुशल चालकहरुका कारण समयमै समस्या पत्ता लगाउनाले निकै ठूलो दुर्घटना टरेको जागरण डट कमले लेखेको छ । राष्ट्रपति कोविन्द १७ सेप्टेम्बरमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
वास्तवमा राडार फल्ट भन्ने वित्तिक्कै विश्व उडान जगतमा आतंक फैलिने गरेको छ । उडान क्षेत्रमा यस्तो खालको गडबड भैरहने गरेको छ ।जसका कारण विश्वका ठूला उडान कम्पनीहरुलाई आतंकित समेत पार्ने गरेको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस