अफगानिस्तानमा चुनावी र्यालीमा विष्फोट, २४ को मृत्यु
काबुल– अफगानका राष्ट्रपति अशरफ घानी सहभागी रहेको एक चुनावी र्याली नजिकै विष्फोट हुँदा कम्तीमा २४ जनाको ज्यान गएको छ ।परवान प्रान्तको चारिकर शहरमा चुनावी र्यालीमा विष्फोट भएको हो । विष्फोटमा अरु ३१ जना घाइते भएका छन् । विष्फोटमा राष्ट्रपति घानी भने सुरक्षित रुपमा बच्न सफल भएको अफगान अधिकारीले जनाएका छन् ।मारिनेमा महिला तथा बालबालिकासमेत रहेको बताइएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ ।अधिकारीले विष्फोटन आत्मघाती प्रकृतिको रहेको जनाएका छन् । आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन ।यद्यपि, अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले अर्को साताको शनिबार हुन लागेको चुनावमा सहभागी नहुने र चुनाव हुनै नदिने भन्दै यस्ता चुनावी कार्यक्रमलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस