अफगानिस्तानमा चुनावी र्यालीमा विष्फोट, २४ को मृत्यु

काबुल– अफगानका राष्ट्रपति अशरफ घानी सहभागी रहेको एक चुनावी र्याली नजिकै विष्फोट हुँदा कम्तीमा २४ जनाको ज्यान गएको छ ।परवान प्रान्तको चारिकर शहरमा चुनावी र्यालीमा विष्फोट भएको हो । विष्फोटमा अरु ३१ जना घाइते भएका छन् । विष्फोटमा राष्ट्रपति घानी भने सुरक्षित रुपमा बच्न सफल भएको अफगान अधिकारीले जनाएका छन् ।मारिनेमा महिला तथा बालबालिकासमेत रहेको बताइएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ ।अधिकारीले विष्फोटन आत्मघाती प्रकृतिको रहेको जनाएका छन् । आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन ।यद्यपि, अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले अर्को साताको शनिबार हुन लागेको चुनावमा सहभागी नहुने र चुनाव हुनै नदिने भन्दै यस्ता चुनावी कार्यक्रमलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस