सयवटा प्लाष्टिकका झोलामा टुक्राटुक्रा परिएका २९ शव फेला
मेक्सिकोमा एक सयवटा प्लाष्टिकका झोलामा २९ शवका अवशेष फेला परेको अधिकारीले खुलासा गरेका छन् ।
मेक्सिकोको पश्चिमी राज्य हालिस्कोस्थित जापोपान शहरमा एक गोप्य चिहानमा २९ शवका अवशेष फेला परेको हो ।
ती शवलाई एक सयवटा प्लाष्टिकका झोलाभित्र राखिएको अवस्थामा यही महिनाको पहिलो साता फेला परेको अधिकारीहरुले जनाएका छन् ।
तीमध्ये १३ शवको पूर्ण अवशेष तथा बाँकी १६ शवको अवशेष अपूर्ण रहेको जनाइएको छ । फेला परेका शवमध्ये दुई जना महिलाको रहेको तथा कम्तीमा ४ जना यसअघि आपराधिक गतिविधिमा संलग्न रहेकाको भएको हालिस्को राज्यका न्यायाधिवक्ताले जनाएका छन् । यद्यपि, उनीहरु कुन प्रकृतिको अपराधमा संलग्न थिए भन्नेबारे केही खुलाइएको छैन ।
मेक्सिकोको हालिस्को राज्यमा विभिन्न लागूऔषध समूहबीच हिंसा मच्चिँदै आएको छ । त्यस क्षेत्रमा विश्वकै सबैभन्दा कुख्यात मानिने हालिस्को न्यू जेनेरेशन नामक समूहसमेत सक्रिय छ
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस