पाकिस्तानले मोदीलाई आफ्नो आकाशमा उड्न दिएन
पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो एयरस्पेस प्रयोग गर्ने अनुमति दिन अस्वीकार गरेको छ। सेप्टेम्बर २१ मा अमेरिका भ्रमणमा निस्किन लागेका प्रधानमन्त्री मोदीका लागि भारत सरकारले पाकिस्तानसँग एयरस्पेश उपलव्ध गराइदिन माग गरेलगत्तै पाकिस्तानले सो प्रस्तावलाई अस्वीकार गरेको हो ।
काश्मिरबाट धारा ३७० हटाउने भारतको निर्णयपछि पाकिस्तान भारतसँग नराम्रोसँग चिढिएको छ । पाकिस्तान त्यसपछि कूटनीतिका आधारभूत कुरा समेत स्वीकार्न गर्न तयार देखिएको छैन । भारतीय प्रधानमन्त्री मोदी सेप्टेम्बर २१ मा अमेरिका जाँदैछन् र त्यसका लागि पाकिस्तान सरकारलाई एयरस्पेस प्रयोग गर्नका लागि अनुरोध गरिएको थियो। तर पाकिस्तानले यसलाई अनुमति दिएन ।
यसअघि पनि पाकिस्तानले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको जहाजका लागि एयरस्पेसबाट उडान गर्न अनुमति दिन अस्वीकार गरेको थियो । पाकिस्तानका परराष्ट्रमन्त्री शाह मेहमूद कुरेशीका अनुसार भारतले प्रधानमन्त्री मोदीको विमान पाकिस्तान हुँदै २१ सेप्टेम्बरमा अमेरिका जान र २८ सेप्टेम्बरमा फिर्ता आउनका लागि अनुमति मागेको थियो । पाकिस्तानले यसका लागि अनुमति नदिएपछि इस्लामाबादस्थित भारतीय उच्चायोगलाई पनि रिपोर्ट गरिएको छ। मन्त्री कुरेशीले भने, कश्मीरको वर्तमान अवस्था र भारतको दृष्टिकोणलाई ध्यानमा राख्दै हामीले हाम्रो एयरस्पेसलाई उडानका लागि अनुमति नदिने निर्णय गरेका छौं।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस