दिमाग खाने अमिबाका कारण पौडी खेल्न गएकी १० वर्षे बालिकाको मृत्यु
अमेरिकाको टेक्सासकी एक १० वर्षे बालिका नदीमा पौडी खेल्न जान्छिन् र त्यसको केही दिन पछि उनको मृत्यु हुन्छ । यो घटनाले पूरा अमेरिकामा हलचल मच्चिएको छ ।
टेक्सासमा बस्ने १० वर्षकी लिली यसै महिना लेबर डेको छुट्टीमा एउटा नदीमा पौडी खेल्न गएकी थिइन् । तर त्यहाँबाट फर्किएदेखि नै उनको टाउको दुख्न थाल्यो र पछि बेस्सरी ज्वरो आयो ।
अस्पतालमा भर्ना भएपछि लिली कोमामा गइन् । डाक्टरलाई परीक्षणपछि लिलीको दिमागमा दिमाग खाने अमिबा प्रवेश गरेको थाहा भयो । जसले भित्र भित्रै उनको दिमाग खाइरहेको थियो । अनुसन्धानपछि थाहा भयो कि ती बालिकालाई नेगलेरिया फाउलेरीका कारण ब्रेन इन्फेक्सन भएको थियो । यो यस्तो अमिबाका कारण भएको थियो जसले दिमागको टिश्यूलाई क्षती पुर्याउँछ ।
– यो अमिबा नाकमार्फत् शरीर भित्र प्रवेश गर्छ र बिस्तारै–बिस्तारे दिमागमा पुग्छ ।
– उनको परिवारले दिएको जानकारी अनुसार नदीमा करिब ४० जना पौडी खेलिरहेका थिए तर लिलीलाई मात्रै दिमागी ज्वरो आयो । सुरुमा आफूहरुलाई यो सामान्य जस्तो लागेपनि उनीहरुको छोरी अब कहिले पनि नउठ्ने गरी निदाएकी छिन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस