अफगानिस्तानमा कार बम हमला, कम्तीमा १० को ज्यान गयो
अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलको कलात शहरमा बिहीबार बिहान गुप्तचर सेवा भवनलक्षित कारबम हमलामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ ।
यस घटनामा परी अन्य ८५ जना घाइते भएका जाबुल प्रान्तका गभर्नरले एएफपी समाचार समितिलाई जानकारी दिनु भएको छ ।
अफगानिस्तानको जाबुल प्रान्तमा तालिबानी लडाकू समूहले गरेको यो पछिल्लो हिंसात्मक घटना हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक अमेरिकी सेनाबाट फिर्ता लिने सम्बन्धमा तालिबानसँगको वार्ता समाप्त गरेपछि हिंसा बढेको पाइएको छ ।
आज बिहान जाबुलको कलाट शहरमा भएको कारबम राष्ट्रिय सुरक्षा निर्देशालयलाई लक्षित भएको बताइएको छ । उक्त हमलामा सोही स्थानमा अवस्थित रहेको जाबुलको क्षेत्रीय अस्पताल नष्ट भएको बताइएको छ ।
जाबुल प्रान्तका प्रान्तीय परिषदका प्रमुख अता जान हकबायानले भने उक्त घटनामा २० व्यक्तिको मृत्यु हुनको साथै अन्य ९० जना घाइते भएको बताएका छन् ।
बम विष्फोटको तालिबान लडाकू समूहका प्रवक्ता, कारी यसुफ अहमदीले दाबी गरेका छन् । उनका अनुसार यस आक्रमण राष्ट्रिय निर्देशनालयबिरुद्ध भएको हो ।
यसै हप्ताको शुरुमा राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित गर्ने हिसाबले भएका दुई ओटा विस्फोटमा कम्तीमा ५० जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
राष्ट्रपति घानीको चुनावी अभियानलाई विथोल्ने उद्देश्यबाट गराइएको यस विस्फोटमा परी मारिने र घाइते हुनेमा महिला तथा बालबालिकासमेत रहेका थिए ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस