यूएईमा अलपत्र १ सय २० जना नेपाली कामदारलाई घर फकाईए

कम्पनीका कारण यूएईको आबुधाबीमा अलपत्र १ सय २० जना नेपाली कामदारलाई घर फर्काइएको छ । नेपाली दूतावास, रोजगारदाता कम्पनी र स्थानीय अदालतको पहलमा उनीहरुलाई घर फर्काइएको हो ।
आबुधाबीमा रहेको एड्भान्स फ्यासिलिटी म्यानेजमेण्ट सर्भिसेस् (एलएलसी) मा कार्यरत २ सय ५० जना नेपाली कामदार समस्यामा थिए । समस्यामा परेका यी कामदारमध्ये १ सय २० लाई घर नेपाल फर्काइएको हो । बाँकी कामदार फिर्ता पठाउन प्रक्रिया थालिएको र छिट् नेपाल पठाइने दूतावासले जनाएको छ ।
पहिलो चरणमा पुरुष कामदारलाई घर फर्काइएको छ र दोस्रो चरणअन्तर्गत महिला कामदारलाई फर्काउन प्रक्रिया थालिएको दूतावासका श्रम सहचारी मोतीराम भुसालले जानकारी दिए ।
करार अवधि पूरा भएपछि कम्पनीले भिसा नवीकरण नगरेको र ६ महिनादेखिको तलबसमेत नदिएपछि कामदार समस्यामा परेका हुन् । उक्त कम्पनीमा नेपालीसहित अन्य देशका गरी ६ सय भन्दा धेरै कामदार समस्यामा छन् ।
गत आइतबारदेखि नेपाली कामदारलाई घर फर्काउन थालिएको हो ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस