कलेजकी छात्रामाथि यौन शोषणका आरोपी भारतका पूर्व केन्द्रीय मन्त्री पक्राउ
उत्तर प्रदेशको कानून कलेजकी छात्रामाथि यौन शोषणको मामलामा विशेष अनुसन्धान दल (एसआईटी) ले पूर्व केन्द्रीय राज्यमन्त्री एवं भाजपा नेता चिन्मयानन्दलाई पक्राउ गरेको छ । यसका लागि पुलिस शुक्रबार बिहान उनको आश्रम पुगेको थियो । अदालतले चिन्मयानन्दलाई १४ दिनको न्यायिक हिरासतमा राखेको छ ।
सर्वोच्च अदालतको आदेशमा एसआईटीले यो मुद्दाको अनुसन्धान गरिरहेको छ । केही दिन अघि पीडितले एक पेन ड्राइभमा प्रमाण अनुसन्धान गर्ने अधिकारीलाई सुम्पिएको थियो । बुधबार राती चिन्मयानन्दको स्वास्थ्य खराब भएका कारण अस्पतालमा भर्ना गरिएको थियो ।
पीडितले २४ अगस्टमा भिडियो पोस्ट गरेर आरोप लगाएका थिएः
स्वामी सुखदेवानन्द विधि महाविद्यालयमा एलएलएमकी छात्राले २४ अगस्टमा एउटा भिडियो पोष्ट गरेका थिए । यसमा उनले एक सन्यासीले थुप्रै किशोरीको जीवन बर्बाद गरिदिएको र उनको परिवारलाई यी सन्यासीबाट ज्यानको खतरा भएको बताएकी थिइन् । त्यसपछि ती युवतीका पिताले चिन्मयानन्दविरुद्ध दुष्कर्म र शारीरिक शोषणको रिपोर्ट दर्ता गराउन खोजेपनि पुलिसले मुद्दा दर्ता गरेको थिएन । त्यसपछि यो मुद्दा सर्वोच्च अदालत पुगेको थियो ।
यसअघि स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस