गधाको दूधबाट बनेको चीजको मुल्य सवा लाख रुपैँया

सामान्यता गधालाई भारी बोक्ने कामको लागि चिनिन्छ ।धेरै कमैलाई यसको दुध र यसको परिकार बनाउने गर्दछन् । सुन्दा पनि अचम्म लाग्ने गधाको दुधबाट बनेको चिजको मुल्य सवा लाख ।सर्बियाका क्षेत्रीय संसद्का पूर्व सदस्य स्लोबोदान सिमिकले गधाको दूधबाट बनेको चीजको स्वादको वर्णन गर्दै भने।
गधाको दूधको चीज बनाउने उनी पहिलो कृषक हुन्। संसारमा यस्तो चीज निकै कम परिमाणमा उपलब्ध छ।
यसको उत्पादन असाध्यै थोरै हुन्छ। त्यसैले यसको प्रतिकिलो मूल्य १,००० युरो वा १,१०० अमेरिकी डलर पर्छ।
र्बियाका सबभन्दा चर्चित व्यक्तिमध्ये एक टेनिस खेलाडी नोभाक जोकोभिचले आफ्ना रेष्टुरेन्टहरूका लागि यो चीज किन्छन्।
सिमिकले हरेक वर्ष जम्मा ५० किलो चीज बनाउने गरेको बताए। त्यसलाई निर्यात गर्न भने दुग्ध पदार्थमा लगाइएका नियमहरूका कारण समस्या रहेको उनी बताउँछन्।
तर संसारभरका धनी मानिसहरू यो विशेष उत्पादन किन्न जहाज चढेर आउने गरेको उनले बताए। उदाहरणका लागि मलेसियाबाट आएका एक धनी मानिसलाई १५ किलो चीज बेचेको उनी सम्झिन्छन्।
धेरै मुलुकहरूमा गधालाई भारी बोक्न र कृषि कार्यका लागि प्रयोग गरिन्छ।
कैयौँ ठाउँमा यसको दूध पिउने गरिन्छ। तर यसको दूधबाट चीज बनाउने कुरा सजिलो छैन।
स्लोबोदान सिमिक भन्छन् गधाको चीजको फरक स्वाद हुन्छ र स्वास्थ्यका लागि पनि राम्रो हुने बताइन्छ
त्यो किनभने गधाको दूधमा केसीन भन्ने प्रोटिन हुँदैन जसले दूधलाई फटाउन मद्दत गर्छ।
त्यसैले सिमिकले एकजना विशेषज्ञलाई दूध फटाउने प्रविधि पत्ता लगाउने काममा राखेका छन्( यसको सूत्र चाहिँ गोप्य राखिएको छ।
उनलाई मात्रै थाहा छ त्यो प्रविधि, मलाई पनि थाहा छैन, सिमिक भन्छन्।
गाईले भन्दा गधाले कम दूध दिन्छन् र हरेक एक किलो चीज बनाउन २५ लिटर दूध आवश्यक पर्छ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस