• जीवनशैली | Jiwanshaili
  • ह्वाट्सएप स्टाटस फेसबुक र इन्स्टाग्राममा पनि शेयर गर्न मिल्ने


    ह्वाट्सएपले यसको प्रयोगकर्ताहरुको बीचमा एक नयाँ फिचर ल्याएको छ । यस फिचरको माध्यमबाट प्रयोगकर्ताले आफ्ना ह्वाट्सएप स्टाटसलाई फेसबुक र इन्स्टाग्राममा शेयर गर्न सक्ने भएकाछन् ।

    यो फिचर एन्ड्रोइड र आइओएस दुवै प्लाटफर्ममा उपलब्ध रहेको बताईएकोछ । यसको सहयोगमा अब एउटै पोष्टलाई ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुकमा एकैपटक पोष्ट गर्न सकिनेछ ।

    ह्वाट्सएपले प्रयोगकर्ताका लागि पछिल्लो समयमा नयाँ(नयाँ फिचरहरु ल्याइरहेको छ । यसअघि पनि ह्वाट्सएपले स्टाटससँग सम्बन्धित एक फिचर लञ्च गरेको थियो । पछिल्लो बिटा अपडेटमा ह्वाट्सएपले स्टाटस लुकाउन मिल्ने फिचर राखेको छ । जुन केही प्रयोगकर्ताका लागि परीक्षणको रुपमा रिलिज गरिएको छ ।

    हाइड म्युटेड स्टाटस फिचरको मद्दतले प्रयोगकर्ताले ह्वाट्सएपको स्टाटस सेक्सनबाट म्यूट गरिएका सबै स्टाटस अपडेटहरु हाइड गर्न पाउनेछन् जसलाई प्रयोगकर्ताले देख्ने छैनन् ।


    क्याटेगोरी : नवप्रर्बतन, प्रविधी शैली

    प्रतिक्रिया दिनुहोस