ह्वाट्सएप स्टाटस फेसबुक र इन्स्टाग्राममा पनि शेयर गर्न मिल्ने
ह्वाट्सएपले यसको प्रयोगकर्ताहरुको बीचमा एक नयाँ फिचर ल्याएको छ । यस फिचरको माध्यमबाट प्रयोगकर्ताले आफ्ना ह्वाट्सएप स्टाटसलाई फेसबुक र इन्स्टाग्राममा शेयर गर्न सक्ने भएकाछन् ।
यो फिचर एन्ड्रोइड र आइओएस दुवै प्लाटफर्ममा उपलब्ध रहेको बताईएकोछ । यसको सहयोगमा अब एउटै पोष्टलाई ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुकमा एकैपटक पोष्ट गर्न सकिनेछ ।
ह्वाट्सएपले प्रयोगकर्ताका लागि पछिल्लो समयमा नयाँ(नयाँ फिचरहरु ल्याइरहेको छ । यसअघि पनि ह्वाट्सएपले स्टाटससँग सम्बन्धित एक फिचर लञ्च गरेको थियो । पछिल्लो बिटा अपडेटमा ह्वाट्सएपले स्टाटस लुकाउन मिल्ने फिचर राखेको छ । जुन केही प्रयोगकर्ताका लागि परीक्षणको रुपमा रिलिज गरिएको छ ।
हाइड म्युटेड स्टाटस फिचरको मद्दतले प्रयोगकर्ताले ह्वाट्सएपको स्टाटस सेक्सनबाट म्यूट गरिएका सबै स्टाटस अपडेटहरु हाइड गर्न पाउनेछन् जसलाई प्रयोगकर्ताले देख्ने छैनन् ।
क्याटेगोरी : नवप्रर्बतन, प्रविधी शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस