निःशुल्क सोलार वितरण
मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत कालीकोटको महावै गाउँपालिका वडा नं १ र २ मा निःशुल्क सोलार वितरण गरिएको छ । दुई वडाका अतिविपन्न ५० परिवारलाई सौर्य ऊर्जामार्फत विद्युत्को पहुँच पु¥याउन सोलार वितरण गरिएको हो ।
कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत गाउँपालिकाका दुई वडामा सौर्य ऊर्जामार्फत सोलार वितरण गरिएको वडा नं २ का वडाध्यक्ष गौकला सिंहले बताए । “मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रममार्फत गाउँका अति विपन्न परिवारलाई सोलार वितरण गरिएको छ”, उनले भने, “उज्यालोमा बस्न नपाएका नागरिकले सौर्य ऊर्जामार्फत उज्यालो पाउने छन् ।”
प्रदेश सरकारले २०७६ देखि कर्णालीका हिमाली तथा विद्युत् नभएका क्षेत्रमा विद्युत्को पहुँच पु¥याउनका लागि मुख्यमन्त्री कर्णाली उज्यालो कार्यक्रम सञ्चालन भएको गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिहले बताए । “यो कार्यक्रमअन्र्तगत उज्यालो नपुगेका क्षेत्रमा उज्यालो बनाउने लक्ष्य राखिएको छ”, उनले भने, “त्यसैको आधारमा निःशुल्क सोलार वितरण गरिएको हो ।”
प्रदेश सरकारले उज्यालो कार्यक्रम कार्यान्वयनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्र्धन केन्द्रले निःशुल्क दिने र त्यसको रकम प्रदेश सरकारले नै बेहोने गरेको अध्यक्ष सिंहले बताए । अहिले कर्णालीका झण्डै ३६ प्रतिशत बासिन्दा अँध्यारोमा छन् । सैतीस प्रतिशतले नवीकरणीय ऊर्जाबाट केही उज्यालो पाएका छन् भने २७ प्रतिशत जनसङ्ख्या मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँचमा छ । अझै पनि कर्णालीका ४० स्थानीय तहमा विद्युत् सुविधा नपुगेको तथ्याङ्क छ ।
क्याटेगोरी : प्रविधी शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस