पाकिस्तानमा बस दुर्घटना, कम्तीमा २६ जनाको मृत्यु
एजेन्सी । पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ ।
आइतबार विहान भएको सो दुर्घटनाका कारण अरु १२ जना घाइते पनि भएको स्थानीय प्रहरीले जनाएको छ ।
मृत्यु भएका र घाइते भएका मध्ये अधिकांश बालबालिका र महिला रहेको गिल्गिट बल्तिस्तान सरकारका प्रवक्ता फजुल्लाह फराकले जानकारी दिनुभयो ।
स्कार्दुदेखि रावलपिण्डीतर्फ जाँदै गरेका बेला बस दुर्घटना भएको हो । घाइतेमध्ये अधिकांश गिल्गिट बल्तिस्तानका रहेका छन् ।
घटनाका बारेमा अनुसन्धान प्रक्रिया सुरु भइसकेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस