अमेरिकामा मोदीको सम्मान कार्यक्रम बाहिर हजारौंले गरे विरोध

वासिंटन, असोज ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि टेक्सासमा आयोजना गरिएको र्यालीमा सहभागी भएका छन् ।
विदेशी नेताहरुको स्वागतका लागि अमेरिकामा बिरलैमात्र हुने र्यालीमा राष्ट्रपति ट्रम्प सहभागी भएका हुन् । ५० हजारभन्दा बढी भारतीय मुलका अमेरिकी नागरिक र गैरआवासीय भारतीयहरु ह्युस्टन शहरको एनआरजी स्टेडियममा भेला भएका थिए । तर स्टेडियम बाहिर भने हजारौंले प्रधानमन्त्री मोदीको विरोध गरेका थिए । उनीहरुले सरकारले भारतमा रहेका अल्पसंख्यक समुदायको मानवअधिकार हनन् गरेको आरोप लगाएका हुन् ।
मोदीले भारत प्रशासित कश्मीरको हितका लागि संविधानको आंशिक स्वायत्तता खारेज गरेर नयाँ व्यवस्था लागू गरेको पनि स्पष्ट पारे ।
यसैबीच कांग्रेस नेता आनन्द शर्माले प्रधानमन्त्री मोदीले परराष्ट्र नीतिविरुद्ध अमेरिकामा राष्ट्रपतिको चुनावी प्रचारमा लागेको आरोप लगाएका छन् । उनले मोदीले चर्चामा आउन अमेरिकामा चुनाव प्रचारमा लागेको आरोप लगाए । (एजेन्सी)
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस