अमेरिकामा मोदीको सम्मान कार्यक्रम बाहिर हजारौंले गरे विरोध
वासिंटन, असोज ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि टेक्सासमा आयोजना गरिएको र्यालीमा सहभागी भएका छन् ।
विदेशी नेताहरुको स्वागतका लागि अमेरिकामा बिरलैमात्र हुने र्यालीमा राष्ट्रपति ट्रम्प सहभागी भएका हुन् । ५० हजारभन्दा बढी भारतीय मुलका अमेरिकी नागरिक र गैरआवासीय भारतीयहरु ह्युस्टन शहरको एनआरजी स्टेडियममा भेला भएका थिए । तर स्टेडियम बाहिर भने हजारौंले प्रधानमन्त्री मोदीको विरोध गरेका थिए । उनीहरुले सरकारले भारतमा रहेका अल्पसंख्यक समुदायको मानवअधिकार हनन् गरेको आरोप लगाएका हुन् ।
मोदीले भारत प्रशासित कश्मीरको हितका लागि संविधानको आंशिक स्वायत्तता खारेज गरेर नयाँ व्यवस्था लागू गरेको पनि स्पष्ट पारे ।
यसैबीच कांग्रेस नेता आनन्द शर्माले प्रधानमन्त्री मोदीले परराष्ट्र नीतिविरुद्ध अमेरिकामा राष्ट्रपतिको चुनावी प्रचारमा लागेको आरोप लगाएका छन् । उनले मोदीले चर्चामा आउन अमेरिकामा चुनाव प्रचारमा लागेको आरोप लगाए । (एजेन्सी)
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस