२ महिनाअघि कब्जामा लिएको बेलायती तेल ट्याङ्कर इरानले छाड्यो
एजेन्सी, ६ असाेज : स्ट्रेट अफ हार्मुजबाट करीब दुई महिनाअघि समुद्री सीमा उल्लंघन गरेको आरोपमा कब्जामा लिएको बेलायती तेल ट्याङ्कर स्टेना इम्पेरोलाई इरानले आइतबार छाडेको छ ।
इरानको हार्मोजगन मेरीटाइम एन्ड पोर्टसका म्यानेजर अल्लाहमोराद अफीफीपोरले ट्याङ्कर छाडेको पुष्टि गर्दै बन्दर अब्बास पोर्टबाट अन्तर्राष्ट्रिय समुद्री सीमामा छाडिने बताए ।
अफीफीपोरका अनुसार ट्याङ्करलाई छाड्ने अनुमति दिए पनि नियम उल्लंघनको लागि कानूनी डोजियर अहिले पनि इरानको अदालतमा खुला रहेको छ ।
इरानले गत जुलाई १९ मा समुद्री सीमाको उल्लंघनको आरोपमा बेलायती तेल ट्याङ्करलाई जफत गरेको थियो ।
इरानी ट्याङ्करलाई जिब्राल्टरमा पक्रेको दुई हप्तापछि उसले पनि स्ट्रेट अफ हार्मुजबाट गइरहेको बेलायती ट्याङ्करलाई पक्रेको थियो ।
यद्यपि, इरानी अधिकारीहरुले बेलायती स्टेना इम्पेरो जफत र इरानी ट्याङ्कर ग्रेस वानको पक्राउको बीचमा कुनै प्रकारको सम्बन्ध नरहेको बताउँदै आएको छ । ग्रेस वानलाई जिब्राल्टरका अधिकारीहरुले १६ अगस्तमा रिहा गरेका थिए ।
इरानले यही महिना ट्याङ्करमा सवार ७ भारतीयलाई रिहा गरेको थियो । यसअघि १५ अगस्तमा तेल ट्याङ्करमा सवार एक भारतीय क्याप्टेनसहित चार क्रु सदस्यलाई पनि रिहा गरेको थियो ।
ट्याङ्करलाई जफत गर्ने बेला जहाजमा १८ भारतीय क्रु सदस्यसहित २३ व्यक्ति सवार थिए ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस