बिद्यालयको कक्षाकोठा भत्किँदा सात जना बालबालिकाको ज्यान गयो
केन्याको राजधानी शहर नैरोबीमा अवस्थित एक बिद्यालयको कक्षाकोठा सोमबार भत्किँदा सातजना बालबालिकाको मृत्यु भएको केन्याली सरकारका प्रवक्ताले बताएका छन् ।
सो घटनामा परी सात व्यक्तिको मृत्यु हुनुको साथै ५७ जना घाइते भएका सरकारी प्रवक्ताले पुष्टि गर्नु भएको समाचारमा जनाइएको छ । घटनापछि नौरोबीको डागोरेट्टी क्षेत्रमा रहेका सयौँ स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।
स्थानीय समयाअनुसार बिहान करिब ७ बजे सो कक्षाकोठा भत्किएको र त्यसमा परी विद्यार्थीहरूको ज्यान गएको हो ।
यहाँका विद्यार्थीहरु केही समय अघि मात्र कक्षाकोठामा छिरेका थिए । सो घटनापछि उद्धारकर्ताहरूले उद्धार कार्य जारी राखेका बताइएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस