Update:कश्मीरमा भूकम्पः ज्यान गुमाउनेको संख्या १९ पुग्यो, सयौं घाइते
एजेन्सी– पाकिस्तान प्रशासित कश्मीरको रावलपिण्डी नजिकै केन्द्रबिन्दु बनाएर मंगलबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।
पाकिस्तानको मिरपुर शहरमा मात्रै ज्यान गुमाउनेका संख्या १९ पुगेको रोयटर्सले जनाएको छ । जिल्ला प्रहरी कार्यलयका प्रमुख इर्फान सलिमलाई उद्धृत गर्दै रोयटर्सले भूकम्पमा परी ३ बालबालिका सहित १९ जनाको मृत्यु भएको जनाएको छ ।
भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ । भूकम्पमा परी सयौं घाइते भएका कारण मृतकको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी भौगर्भिक सर्वेका अनुसार पाकिस्तान प्रशासित कश्मीरको रावलपिण्डी केन्द्रविन्दू बनाएर ६।१ रेक्टर स्केलको भूकम्प गएको हो ।
भारतको राजधानी दिल्लीसहितका ठाउँमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस