Update: कश्मीरमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २२ पुग्यो, तीन सय भन्दा बढि घाइते
पाकिस्तान प्रशासित कश्मीरको रावलपिण्डी नजिकै केन्द्रबिन्दु बनाएर मंगलबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।
पाकिस्तानको मिरपुर शहरमा मात्रै ज्यान गुमाउनेका संख्या २२ पुगेको रोयटर्सले जनाएको छ । जिल्ला प्रहरी कार्यलयका प्रमुख इर्फान सलिमलाई उद्धृत गर्दै रोयटर्सले भूकम्पमा परी ३ बालबालिका सहित२२ जनाको मृत्यु भएको जनाएको छ ।
भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ । भूकम्पमा परी सयौं घाइते भएका कारण मृतकको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी भौगर्भिक सर्वेका अनुसार पाकिस्तान प्रशासित कश्मीरको रावलपिण्डी केन्द्रविन्दू बनाएर ६।१ रेक्टर स्केलको भूकम्प गएको हो ।
भारतको राजधानी दिल्लीसहितका ठाउँमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस