ट्रम्पविरुद्ध महाअभियोग,गलत काम नगरेको भन्दै ट्रम्पको विरोध

अमेरिकामा विपक्षी दल डेमोक्र्याटिक पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रक्रियालाई औचापरिक रुपमा अघि बढाएको छ ।
ट्रम्पमाथि आफ्नो प्रतिद्वन्द्वीलाई कमजोर बनाउन विदेशी शक्तिको सहयोग लिएको आरोपमा महाअभियोग लगाउन खोजिएको हो ।
डेमोक्र्याटिक पार्टीकी नेतृ नेन्सी पेलोसीले राष्ट्रपतिलाई जवाफदेही बनाउनै पर्ने बताएकी छिन् ।तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुख समेत रहेकी उनले महाअभियोग प्रक्रिया शुरु भएको बताइन् ।
ट्रम्पले भने कुनै गलत काम नगरेको भन्दै यो प्रक्रियाको विरोध गरेका छन् । अर्को वर्ष हुने अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका सम्भावित प्रतिद्वन्द्वी जो बाइडेन र उनका छोरामाथि भ्रष्टाचारको विषयमा छानविन गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि ट्रम्पले दबाव दिएको समाचार आएका छन् ।
डेमोक्र्याटिक पार्टीभित्र ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा ठूलो समर्थन रहेको छ । तर रिपब्लिकन पार्टी बहुमतमा रहेको माथिल्लो सदन सिनेटबाट भने यो प्रस्ताव पारित हुने सम्भावना कमै रहेको छ ।
ट्रम्पले युक्रेनी राष्ट्रपतिसँग फोनमा बाइडेनको बारेमा कुरा गरे पनि छानविनका लागि दबाव नदिएको बताएका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस