ट्रम्पविरुद्ध महाअभियोग,गलत काम नगरेको भन्दै ट्रम्पको विरोध
अमेरिकामा विपक्षी दल डेमोक्र्याटिक पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रक्रियालाई औचापरिक रुपमा अघि बढाएको छ ।
ट्रम्पमाथि आफ्नो प्रतिद्वन्द्वीलाई कमजोर बनाउन विदेशी शक्तिको सहयोग लिएको आरोपमा महाअभियोग लगाउन खोजिएको हो ।
डेमोक्र्याटिक पार्टीकी नेतृ नेन्सी पेलोसीले राष्ट्रपतिलाई जवाफदेही बनाउनै पर्ने बताएकी छिन् ।तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुख समेत रहेकी उनले महाअभियोग प्रक्रिया शुरु भएको बताइन् ।
ट्रम्पले भने कुनै गलत काम नगरेको भन्दै यो प्रक्रियाको विरोध गरेका छन् । अर्को वर्ष हुने अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका सम्भावित प्रतिद्वन्द्वी जो बाइडेन र उनका छोरामाथि भ्रष्टाचारको विषयमा छानविन गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि ट्रम्पले दबाव दिएको समाचार आएका छन् ।
डेमोक्र्याटिक पार्टीभित्र ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा ठूलो समर्थन रहेको छ । तर रिपब्लिकन पार्टी बहुमतमा रहेको माथिल्लो सदन सिनेटबाट भने यो प्रस्ताव पारित हुने सम्भावना कमै रहेको छ ।
ट्रम्पले युक्रेनी राष्ट्रपतिसँग फोनमा बाइडेनको बारेमा कुरा गरे पनि छानविनका लागि दबाव नदिएको बताएका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस