सडकमा शौच गरेको भन्दै दुई दलित बालबालिकाको कुटीकुटी हत्या
भारतको मध्यप्रदेशमा को शिवपुरी जिल्लामा खुल्ला शौच गरिरहेका दुई दलित बालबालिकाको कुटीकुटी हत्या गरेका छन् ।
घटना जिल्लाको सिरसौद थाना क्षेत्रको भावखेडी गाउँको हो जहाँ बुधबार बिहान वाल्मिकी समाजका दुई बच्चा १२ वर्षकी रोशनी र १० वर्षका अविनाश पंचात भवन अगाडिको सडकमा शौच गरिरहेका थिए ।
पुलिसका अनुसार हाकिमले दुई बच्चालाई सडकमा शौच गरेर सडक फोहोर गरेको भन्दै गाली गरे त्यसपछि उनले रामेश्वरसँग मिलेर हमला गरे ।
पुलिसका अनुसार दुई अभियुक्तलाई पक्राउ गरिएको छ ।
घटनापछि तनावका कारण क्षेत्रमा पुलिस बल तैनाथ गरिएको छ । अविनाशका पिता मनोज वाल्मिकीले भने, ‘यी दुई बिहान ६ बजे शौचका लागि निस्किएका थिए । हाकिम र रामेश्वरले उनीहरुलाई लठ्ठीले कुटे । उनीहरुले दुबैलाई त्यतिबेलासम्म कुटे जबसम्म उनीहरुको मृत्यु भएन । म त्यहाँ पुग्दासम्म उनीहरु भागिसकेका थिए ।’
घटनापछि पुलिसले दुई बच्चाको शवलाई पोस्टमार्टमका लागि शिवपुरी पठाएका थिए ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस