• जीवनशैली | Jiwanshaili
  • UPDATE:पाकिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, ५ सय व्यक्ति घाइते


    पाकिस्तानमा गत मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको प्रहरीले बताएको छ । भूकम्पका कारण सो भूकम्पमा परी करिब ५ सय व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चार माध्यमले बिहीबार जनाएको छ । पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो ।

    मङ्गलबार अपराह्नमा गएको यस भूकम्पको कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युत्का पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको बताइएको छ ।

    पूर्वी पाकिस्तान र भारतमा समेत झड्का महसुस भएको थियो । भूकम्प ५।८ रेक्टर स्केलको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९युएसजिएस० विभागले जनाएको छ । –

    https://jibanshaili.com/2019/09/25/update%e0%a4%aa%e0%a4%be%e0%a4%95%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%be-%e0%a4%97%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%b6%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%b6/

    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार