उड्नै लागेको जहाजको ढोका खोल्ने महिला पक्राउ

एजेन्सी – चीनमा एक यात्रुले उड्नै लागेको जहाजको ढोका खोलेपछि पक्राउ परेकी छन्। जहाजमा गर्मी भएकोभन्दै सोमबार एक महिला यात्रुले जामेन एयरलाइनसको एमएफ ८२१५ को जहाजको आकस्मिक ढोका खोलेकी थिइन्।
ती यात्रुले स्वच्छ हावा लिन जहाजको ढोका खोलेको प्रतिक्रिया दिएकी छन्। जहाज स्थानीय समयअनुसार अपरान्ह पौने ४ बजे बोर्डिङका सबै काम सकेर लान्चोउका लागि उड्ने तरखरमा थियो।
यात्रुले ढोका खोलिदिएपछि जहाजको उडान एक घण्टा ढिलो भएको थियो। ती महिलालाई विमानस्थलका प्रहरीले पक्राउ गरेका थिए। तर प्रहरीले ती यात्रुको नाम र ठेगाना भने खुलाएको छैन।
यात्रुले जहाजको ढोका खोलेको भिडिओ हिजोआज सामाजिक सञ्जालमा चर्चामा छ। उक्त भिडिओ १८ मिलियन पटक हेरिएको छ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस