उड्नै लागेको जहाजको ढोका खोल्ने महिला पक्राउ
एजेन्सी – चीनमा एक यात्रुले उड्नै लागेको जहाजको ढोका खोलेपछि पक्राउ परेकी छन्। जहाजमा गर्मी भएकोभन्दै सोमबार एक महिला यात्रुले जामेन एयरलाइनसको एमएफ ८२१५ को जहाजको आकस्मिक ढोका खोलेकी थिइन्।
ती यात्रुले स्वच्छ हावा लिन जहाजको ढोका खोलेको प्रतिक्रिया दिएकी छन्। जहाज स्थानीय समयअनुसार अपरान्ह पौने ४ बजे बोर्डिङका सबै काम सकेर लान्चोउका लागि उड्ने तरखरमा थियो।
यात्रुले ढोका खोलिदिएपछि जहाजको उडान एक घण्टा ढिलो भएको थियो। ती महिलालाई विमानस्थलका प्रहरीले पक्राउ गरेका थिए। तर प्रहरीले ती यात्रुको नाम र ठेगाना भने खुलाएको छैन।
यात्रुले जहाजको ढोका खोलेको भिडिओ हिजोआज सामाजिक सञ्जालमा चर्चामा छ। उक्त भिडिओ १८ मिलियन पटक हेरिएको छ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस