• जीवनशैली | Jiwanshaili
  • UPDATE: इन्डोनेसियामा आएको भूकम्पका परी २० को मृत्यु, दर्जनौ घाइते


    एजेन्सी इन्डोनेसियामा बिहीबार आएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार सो भूकम्पका कारण अरु दर्जनौ घाइते भएका छन् भने सयौँ विस्थापित भएका छन् ।देशको दुर्गम क्षेत्रमा पर्ने मालुकु टापुमा गएको भूकम्पपछि आएको पहिरोमा परी एक जना पुरिएका छन् । भुकम्पबाट त्रसित भएका स्थानीय बासिन्दा दौडिएर घरबाट बाहिर निस्किएका थिए । उनीहरु लामो समयसम्म सडकमै भेला भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले बताएका छन् । कम्तीमा एक सय जना घाइते भएका छन्,

    दुई हजार भन्दा बढी घरबार विहिन भएका छन्,” राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अगुस विबोवोले भने । 

    उनले पछिल्लो विवरण दिदै मृत्यु भएका २० जना मध्ये एक जना नवजात रहेको पनि जानकारी दिए । घटनाको प्रारम्भिक विवरणमा स्थानीय अधिकारीहरूले एक जनाको मृत्यु भएको र अरु कैयौँ घाइते भएको बताएका थिए । 

    अधिकारीहरुका अनुसार एक जनाको हृदयघात भएर मृत्यु भएको छ भने अर्की एक महिलाको मोटरसाइकलबाट खसेर मृत्यु भएको छ । स्थानीय समय अनुसार विहानको समयमा ६.५ म्याग्निच्युडको भूकम्प आएको थियो । झण्डै चार लाख जना सो भूकम्पबाट प्रभावित भएका बताइएको छ । 

    इन्डोनेसियामा ६.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार