चीनमा अहिलेसम्मकै ठूलो सैनिक परेड हुँदै
चीन/ चीनले राजधानी बेइजिङ्गमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक परेड गर्ने तयारी गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता सम्हालेको ७० औं वर्षको अबसर पारेर अक्टोबर १ ९मंगलबार० सैनिक परेडको निकालिने तयारी गरिएको हो । सैनिक परेडमा चिनियाँ हतियारको प्रदर्शनी गरिने जनाइएको छ ।

वार्षिकोत्सव कार्यक्रम तियानमेन स्क्वायरमा गरिनेछ । कार्यक्रममा विभिन्न ९७ मुलुकका १ सय ८८ मिलिटरी एट्याचीको पनि सहभागिता हुने जनाइएको छ । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार परेडमा १५ हजार सेनाले भाग लिनेछन् ।
वार्षिकोत्सवका अवसरमा १ सय ६० वटा जहाज आकाशमा उडाइनेछ । यस पटक संयुक्त राष्ट्र संघको शान्ति मिसनमा रहेका ८ हजार चिनियाँ सैनिकले पनि भाग लिने जनाइएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस