चीनमा अहिलेसम्मकै ठूलो सैनिक परेड हुँदै

चीन/ चीनले राजधानी बेइजिङ्गमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक परेड गर्ने तयारी गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता सम्हालेको ७० औं वर्षको अबसर पारेर अक्टोबर १ ९मंगलबार० सैनिक परेडको निकालिने तयारी गरिएको हो । सैनिक परेडमा चिनियाँ हतियारको प्रदर्शनी गरिने जनाइएको छ ।

वार्षिकोत्सव कार्यक्रम तियानमेन स्क्वायरमा गरिनेछ । कार्यक्रममा विभिन्न ९७ मुलुकका १ सय ८८ मिलिटरी एट्याचीको पनि सहभागिता हुने जनाइएको छ । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार परेडमा १५ हजार सेनाले भाग लिनेछन् ।
वार्षिकोत्सवका अवसरमा १ सय ६० वटा जहाज आकाशमा उडाइनेछ । यस पटक संयुक्त राष्ट्र संघको शान्ति मिसनमा रहेका ८ हजार चिनियाँ सैनिकले पनि भाग लिने जनाइएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस