बाढीले भारतमा मृत्यु हुनेको संख्या १२९ पुग्यो
भारत / मनसुनको अन्तिममा वर्षासँगै आएको बाढीले भारतमा १ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । केही बेपत्ता भएका छन् । भारतको उत्तर प्रदेश र बिहारमा अविरल वर्षापछि आएको बाढीले मानवीय तथा भौतिक क्षति भएको हो ।भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार, बाढीले बिहीबारयता उत्तरप्रदेश राज्यमा मात्रै ९३ जनाको ज्यान गएको छ ।
बाढीले बिहारमा पनि तहसनहस पारेको छ । बिहीबारदेखि हालसम्ममा यो राज्यमा २९ ले ज्यान गुमाइसकेका छन् । दुवै राज्यमा केही मानिस घाइते भएको बताइएको छ । घाइतेमध्ये केही गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।
वर्षाले जनजीवन प्रभावित भएको छ । अधिकारीहरूका अनुसार रेलसँगै अन्य यातायात सेवा प्रभावित भएका छन् । अविरल वर्षापछि विद्यालय र स्वास्थ्य संस्थाले सेवा प्रवाह गर्न सकेका छैनन् भने विद्युत् आपूर्तिमा समेत समस्या भएको त्यहाँका सरकारी अधिकारीहरूले जनाएका छन् । समाचारमा जनाइएअनुसार बाढीले बिहारको मुख्य सहर पटना जलमग्न भएको छ । यहाँका आवासीय बस्तीहरू डुवानमा परेका छन् । सडकमा पानी जमेका कारण मानिसहरू डुंगा चढेको दृश्य सञ्चारमाध्यमहरूले प्रसारण तथा प्रकाशन गरिरहेका छन् । उत्तर प्रदेशका बनारसलगायत स्थान पनि बाढीको चपेटामा छन् । बनारसको पानीको निकास थुनिँदा जनजीवन प्रभावित भएको बीबीसीले जनाएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस