दक्षिण कोरिया आँधी, कम्तीमा छ जनाको मृत्यु
बुसान -दक्षिण कोरियाको विभिन्न ठाउँमा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको छ ।
सरकारी अधिकारीहरुले बिहिवार दिएको जानकारी अनुसार आँधीका कारण अरु केही हराइरहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् ।
राति आएको आँधीसँगै देशका विभिन्न स्थानमा अत्यधिक बर्षा पनि भएको छ । देशको दक्षिणी क्षेत्रमा बुधबार राति आँधी आएको थियो भने बाढी, पहिरोको चेतावनी समेत दिइएको थियो ।
आँधीका कारण मृत्यु हुनेमा एक जना ७० वर्षीया महिला रहेको अधिकारीहरुले जनाएका छन् । देशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने पोहाङमा उनलाई शक्तिशाली हावाले उडाएको थियो ।
अत्यधिक बर्षाका कारण भत्किएको घरले पुरिएर अर्की एक महिलाको मृत्यु भएको समाचारमा जनाइएको छ । उनको घरमै सुतिरहेका बेला मृत्यु भएको गृह तथा सुरक्षा मन्त्रालयले जनाएको छ ।
अरूको पनि देशका विभिन्न ठाउँमा मृत्यु भएको छ । मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने मन्त्रालयले अनुमान गरेको छ ।
प्रभावित क्षेत्रमा ६ सय भन्दा धेरै उद्धारकर्मीहरु खटिएका छन् । उनीहरुले विपद्मा परेका नागरिकको खोजी तथा उद्धार गरिरहेका छन् । उनीहरुले कम्तीमा चार जना भग्नाबशेषमा पुरिएको अनुमान् गरेका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस