विमान दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु

यूक्रेनमा आठ यात्रुसहित उडेको सामान ढुवानीका लागि प्रयोग हुने एक विमान अवतरणका क्रममा शुक्रबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । द एन्टोनोभ–१२ एलभिभ विमानस्थलबाट करिब डेड किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटनास्थलबाट तीन जनालई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पतालमा पठाइएको छ ।
यूक्रेनी आपतकालिन सेवा सम्वद्ध अधिकारीले चालक दलका सदस्यहरूमध्ये तीन जनाको मृत्यु भएको र दुईको अवस्था अज्ञात रहेको बताएका छन् ।
“घटनामा पाँच जनाको मृत्यु भएको छ भने तीन जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको छ,” यूक्रेनी पूर्वाधार मन्त्री भ्लादिस्लाभ क्रिक्लीले आफ्नो फेसबुक पेजमा उल्लेख गर्नुभएको छ ।
उक्त विमान किभस्थित यूक्रेनी कम्पनी यूक्रेन एअर अलाएन्सद्वारा सञ्चालन गरिँदै आएको र स्पेनको भिगो विमानस्थलबाट यूक्रेनका लागि उडेको थियो । प्रारभ्भिक भनाइहरूमा विमान इन्धन खाली भएपछि दुर्घटना भएको उल्लेख छ ।
यूक्रेनी आपतकालिन सेवा विभागले विमानको एउटा पखेटा जमिनमा धसिएको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस