क्यालिफोर्नियामा सवारी दुर्घटना,चार जनाको ज्यान गयो
सान फ्रान्सिस्को– उत्तरी क्यालिफोर्नियाको राजमार्गमा उल्टो दिशातर्फ मोडिएको एउटा कारले ट्याक्सीलाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ ।
स्थानीय ट्राफिक प्रहरीका अनुसार कार चलाउने महिला हिल्सबरोकी ३४ वर्षीया एमिली रोस रहेकी थिइन् ।
प्रारम्भिक अनुसन्धानबाट रोसले मदिरा सेवन गरेको खुलेको छ । दुर्घटनाबाट ट्याक्सी चालक ४२ वर्षीय बर्कान्त अहमद र ट्याक्सीमा सवार दुई यात्रु तथा कार चालक रोसको मृत्यु भएको छ ।
यसै वर्ष यस क्षेत्रमा ट्राफिक नियम उल्लंघनका २५ वटा घटना भइसकेको ट्राफिक प्रहरीले जनाएको छ । दशवटा गम्भीर दुर्घटनामा परेर १९ जनाको ज्यान गइसकेको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस